News Category 2074/02/06

जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन ः प्रधानमन्त्रीको सचिवालय

दैनिक समाचारदाता

जघन्य अपराधका मुद्दा फिर्ता भएको छैन ः प्रधानमन्त्रीको सचिवालय दैनिक समाचारदाता काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले कैलालीको टीकापुरलगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरूको मुद्दा फिर्ता नहुने स्पष्ट गर्नुभएको छ । सचिवालयले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै जघन्य अपराधका घटनामा कुनै पनि मुद्दा फिर्ता नलिइएको र लिने अवस्था पनि नरहेको जनाएको छ । यसअघि सरकारले थरुहट तराई÷मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको जनाएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको हो । सो बैकठले आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय समेत गरेको छ । यता शुक्रबार बैठकको निर्णयलाई लिएर सञ्चारमाध्यममा आएका समाचारबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीको मुद्दा फिर्ता लिने सरकारी निर्णयसम्बन्धी प्रकाशित समाचारको खण्डन गरेको हो । मन्त्रिपरिषद्को बैठकले टीकापुरलगायतका हत्याका घटनामा संलग्न नभएका तर आशङ्का र पूर्वाग्रहकै आधारमा झुट्ठा मुद्दा लगाइएका व्यक्तिहरूका मुद्दा कानुनबमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानुन मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट