News Category 2074/02/07

दोश्रो चरणको निर्वाचनको मुस्लिम समुदायद्वारा विरोध

दैनिक समाचारदाता

काठमाडौं÷सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मुस्लिम समुदायले विरोध गरेका छन् ।
संविधानमा मधेशी–मुस्लिमको अधिकार स्थापनाका लागि संविधान संशोधनसहितका माग राखी भएको तेस्रो मधेश आन्दोलनमा करिब आधा दर्जन मुस्लिम मारिएका थिए । उनीहरुको बलिदानीलाई नजरअन्दाज गर्दै संविधान संशोधन विना र माग पुरा नगरी दोस्रो चरणको निर्वाचन हुन लागेकोप्रति मुस्लिम समुदायले आपत्ती जनाएको छ ।
पछिल्लो मधेश आन्दोलनमा इफाजत मिया, शेख तबरेज र मोहम्द मेहरुदिनसहित चार जना सहिद भएका छन् । त्यसअघिको पहिलो मधेश आन्दोलनमा १२ जना र दोस्रो मधेश आन्दोलनमा दुई जना मुस्लिम मारिएका थिए ।
हकअधिकारका लागि यतिका मुस्लिम मारिदा पनि सरकारले समस्या समाधान गर्न नखोजेकोप्रति मुस्लिम अगुवाहरुले अक्रोस व्यक्त गरेका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्ने अधिकांश मुस्लिम अगुवाहरुले सरकारले आन्दोलनमा उठेको माग पुरा नभए ठूलै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
अर्कोतर्फ जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने भएकोले पनि मुस्लिम समुदायले निर्वाचनको विरोध गरेका छन् । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानी पनि नखाई ब्रत बस्ने गर्दछन् । यस्तो बेलामा कसरी चुनाव प्रचार अभियान सञ्चालन गर्न सकिन्छ, कार्यकर्ता कसरी प्रचारमा पुग्छन् र मतदाता कसरी लाइन बसी भोट हाल्न जान्छन् जस्ता प्रश्नहरु मुस्लिम बुद्धिजीवी तथा अगुवाहरुले बारम्बार उठाउँदै आएका छन् ।
मुस्लिम बिद्यार्थी अगुवा समसाद आदिलका अनुसार एक महिने रमजानको भोली पल्ट मुस्लिमहरुको महान पर्व ईद पर्दछ । यस पाली ईद असार १३ वा १४ मा पर्न सक्छ । त्यस दिन सार्वजनीकन बिदा हुने गर्दछ तर त्यस बेला ११ कक्षाको परीक्षा राखिएको छ । सार्वजनीक बिदामा पनि परीक्षा राखिएकोले परीक्षार्थीहरु चिन्तित छन् ।
तर काँग्रेस, एमाले र माओवादी केन्द्रमा रहेका मुस्लिम संगठनहरुले निर्वाचनको विरोध गरेको छैन । उनीहरुको मुस्लिम सहिदहरुको मागलाई कुल्चिदै निर्वाचन गराउन चाहन्छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट