News Category 2074/02/12

पतिको दिर्घायुको कामना गर्दै सावित्रि बट मनाईयो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ जेठ । 
पतिको दिर्घायुको कामना गर्दै बिहीबार तराई मधेशका मैथिल महिलाहरुले बट सावित्री पर्व धुमधामका साथ मनाइएको छ ।
मैथिल महिलाहरुले मनाउने चाँडपर्व अन्तरगत बट सावित्री (बरसाइत) पर्व पनि एक ठूलो पर्वको रुपमा रहेको छ । 
बट सावित्री पर्व मनाउन ब्रतालु महिलाहरुले बरको रुख वरिपरि पहेलो धागो बाँधेर पतिको दिर्घायुको कामना गर्दै पुजाआजा गर्ने गर्छन् । 
यो पर्व मनाउन बिहानै नुहाई धुवाई गरी नयाँ बस्त्र लगाई उपवास बसिन्छ । बरको रुखमुनी गाउँ गाउँका मैथिल महिलाहरु भेला भई पुजा गर्ने गर्छन् ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले बरको रुख तल बसेर कठोर ब्रत गरी आजैकै दिन आफ्ना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले आफ्ना पतिको दिर्घायुका लागि बट सावित्री पर्व मनाउने गरेको विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट