News Category 2074/02/13

फोरमबाट शम्भुनाथ नपामा १० मेयर तथा ६ जना उपमेयरका आकांक्षी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै संघीय समाजवादी फोरम नेपाल सप्तरीले शुक्रबार शम्भुनाथ नगर स्तरिय भेला सम्पन्न गरेको छ । 
संयोजक कन्तलाल चौधरीको अध्यक्षतमा सम्पन्न भेलामा शम्भुनाथ नगरपालिकाको मेयर पदका लागि दुई जना महिलासहित १० जना तथा उपमेयर पदका लागि ६ जना आकांक्षी देखिएका छन् । 
जसमा मेयरका लागि सरोज कुमार चौधरी, कन्तलाल चौधरी, चन्द्रकान्त मंडल, दुर्गा प्रसाद साह, राम स्वागत बिक, श्याम नारायण साह, संसारी चौधरी, अज्जव थारु, भारती देवी चौधरी र सूर्य नारायण सरदार आकांक्षी देखिएका छन् । 
यस्तै उपमेयर पदका लागि सुनिता साह, दिल कुमारी चौधरी, रेखा कुमारी चौधरी, सुखरीदेवी राम, जयमाला विश्वकर्मा र दयामन्ती चौधरीले आ–आफ्नो दाबी पेश गर्नुभएको छ । 
फोरमका केन्द्रिय सदस्य चित्तनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा जिल्ला सदस्यहरु दिलकुमारी चौधरी, राम स्वागत बिक, गणसु चौधरी, विष्णु गुप्ता, संसारी चौधरी र उपेन्द्र प्रसाद चौधरीको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य सरोज कुमार चौधरीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट