News Category 2074/02/15

राजपाद्वारा लाठी जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
संविधान संशोधन नगरि गर्न लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनको बिरोधमा आईतबार राजविराजमा राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले बृहत लाठी जुलुस प्रदर्शन गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको लाठी जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । 
राजपा नेपालका सप्तरी संयोजक सुनिल कुमार झाको नेतृत्वमा निकालिएको सो बृहत लाठी जुलुसमा राजपा नेपालका नेता मृगेन्द्र कुमार सिंह यादव, गजेन्द्र कुमार मण्डल, सतिश कुमार सिंह, दिनेश कुमार यादव, दिपेन्द्र चौधरी, रामप्रित यादव, अमरनाथ मण्डल, किशोर कुमार यादव, अशोक कुमार यादव, लक्ष्मण यादव, नरेन्द्र यादव, निरज मुक्ति, महिला नेतृहरु पुनम यादव, साधना झा, रमिला साह सहित सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि शनिबार पूर्वनिर्धारित कार्यक्रम अनुसार राजपाले मसाल जुलुस प्रदर्शन गरेको थियो । राजपाले निर्वाचनका कार्यक्रम तथा उम्मेदवारीलाई लक्षित गर्दै जेठ १६ गते निर्वाचन कार्यालयमा तालाबन्दी, १७ गते मसाल जुलुस तथा १८ र १९ मधेश, थारुहट तथा लिम्बुवान बन्दको घोषणा गरेको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट