News Category 2074/02/22

एमालेले २३ गते पार्टी प्रवेश एवं मेयर उपमेयरको घोषणा गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ जेठ । 
नेकपा एमाले सप्तरीले जेठ २३ गते पार्टी प्रवेश कार्यक्रम एवं मेयर उपमेयर घोषणा गर्ने कार्यक्रम राखेको छ । 
नेकपा एमाले नगर समितिका संयोजक निरन्जन झाको अध्यक्षतामा सोमबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । 
आयोजित पत्रकार सम्मेलनमा संयोजक झाले एमाले पार्टीका बरिष्ठ नेताहरुको उपस्थितिमा जेठ २३ गते राजविराजमा एक कार्यक्रमबिच पार्टी प्रवेश तथा मयेर उपमेयर घोषणा कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा एमाले जिल्ला सदस्य भिम आले मगर, फोरम नेपालबाट प्रवेश गरेका सुखराम यादव, रामकुमार यादव, युवा संघका अंचल उपाध्यक्ष छोटेलाल यादव, युवा संघकै अखिलेश झा सहितकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट