News Category 2074/06/16

कंकालिनीमा यस वर्ष झण्डै पाँच सय राँगाको बली प्रदान

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 
मुलुकको प्रसिद्ध शक्तिपीठ मध्ये सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकालि भारदहस्थित कंकालिनी मन्दिरमा यस वर्ष ४ सय ९८ सय राँगा तथा १२ हजार खसीबोकाको बलि प्रदान भएको छ ।
बाराको गढीमाईपछि दोश्रो राँगा बलीमा अग्रणी रहेको कंकालिनी मन्दिरमा यस वर्ष दशैंको नवमीका दिन उक्त संख्यामा राँगाको बली प्रदान गरिएको कंकालिनी मन्दिर विकास समितिका कोषाध्यक्ष सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
यसरी हेर्दा प्रत्येक वर्ष यस मन्दिरमा राँगाको बली दिने क्रम बढुदै गएको छ । गत वर्ष २०७३ सालमा ४ सय ५३ राँगाको बलि दिइएको थियो भने २०७२ सालमा ३ सय ९२, २०७१ सालमा ४ सय ४६ राँगाको बली प्रदान भएको थियो । यस्तै २०७० सालमा ३ सय ९१ वटा तथा २०६९ सालमा ३ सय ३७ वटा राँगाको बली प्रदान गरिएको थियो ।
यस्तै सोही मन्दिरमा करिब १२ हजारको संख्यामा बोका तथा अन्य पशुपंक्षिको बलि समेत प्रदान भएको छ । यस वर्ष कंकालनी मन्दिरमा झण्डै २ सय ५० भन्दा बढी स्थानिय स्वयमसेवकहरुको मद्दतले शान्ति सुरक्षा प्रदान गरिएको थियो ।   
निःसन्तानहरुले सन्तानका लागि, जटील रोगबाट पीडितहरुले स्वास्थ्यलाभका लागि, जीवन शंकटमा परेकाहरुले जीवन रक्षाका लागि, पेशा र रोजगारी शंकटमा परेकाहरुले त्यसमा सफलताका लागि वर्षौदेखि यहाँ विभिन्न किसिमको ‘भाकल’ गर्दै आएका छन् । ‘भाकल’ पुरा भएपछि ‘भाकल’ गर्नेहरुले यहाँ विजयादशमीको ‘महानवमी’को दिन राूगाको बली दिने गर्छन् । 
यसबाहेक खसीबोका, परेवा, मिठाई तथा गर–गहना समेत चढाउने गर्दछन् । ‘यहाँ’ भन्नाले सप्तरीको भारदह गाविसस्थित मुलुकमै प्रख्यात रहेका कंकालिनी भगवती मन्दिर हुन् । राँगा बलि प्रदानमा नेपालमै गढिमाई पछिको ठुलो संख्यामा यसै मन्दिरमा राँगाको बलि प्रदान समेत हुने गरेको छ ।
यो मन्दिरको प्रमुख विशेषता पनि राँगा बलि प्रदान नै हो । विजयदशमीको ‘महानवमी’को दिन यहाँ राँगा बलि प्रदान वर्षौदेखि हुँदै आएको छ । मन्दिर स्थापनाकालमा पाँचवटा राँगाको बलि दिइएको थियो । 
यस मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आईसकेको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।
यसैगरि मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपिठमा यस वर्ष ५ हजार ६ सय खसी बोकाको बलि प्रदान भएको छ । गत वर्षको तुलनामा यस वर्ष छिन्नमस्ता शक्तिपिठमा ५ हजार ६ सय खसी बोकाको बलि प्रदना भएको मन्दिर संरक्षण सम्वद्र्धन समितिका कावा अध्यक्ष राम नारायण यादव रामबाबुले जानकारी दिनुभयो । 
उहाँका अनुसार गत्त वर्ष मधेशमा जारी मधेश आन्दोलनका कारणले श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएपनि यस वर्ष माताको दरवारमा करिब १५ लाखको हाराहारीमा श्रद्धालु भक्तजनहरुले दर्शन एवं पुजाआजा गरेको जानकारी दिनुभयो ।
यस्तैं मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुका लागि व्यापक मात्रामा सशस्त्र तथा जनपद प्रहरी परिचालन गर्नुका साथै मन्दिर परिसरमा ८ वटा सिसी क्यामरा समेत जडान गरेको थियो । 
मन्दिरमा नेपालका सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा, सर्लाही, झापा सहित सम्भवतः अधिकांश जिल्लाका श्रद्धालुहरुले पुजापाठकालागि यहाँ आएको मन्दिर विकास समितिको भनाई छ । नेपालबाहेक भारत बिहारको वीरपुर, फारबीसगंज, पटनासम्मका भक्तजनहरु राँगा बलि प्रदान गर्न समेत यहाँ आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट