News Category 2074/06/31

सप्तरीमा म्यादी प्रहरीमा भर्नाका लागि १२ हजार ४८ आवेदन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० असोज । 
म्यादी प्रहरीमा भर्ना हुनका लागि सप्तरीका युवा, बृद्धा तथा महिलाहरुले उल्लेख्य मात्रामा आवेदन दिएका छन् ।
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिनिधिसभा र प्रदेशसभाका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको आवेदन आहवान गरेसँगै सप्तरीमा १२ हजार ४८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । 
असोज २४ गतेदेखी आवेदन दिने समय तोकिएपछि पहिलो दिन जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा आवेदन लिन प्रहरीहरुलाई हम्मे हम्मे परेको थियो । म्यादी प्रहरीको आवेदन आह्वान गरेसँगै आवेदनकर्ताहरुको दैनिकी रुपमा भिंड बढ्दै गएपछि राजविराजस्थित अंचल प्रहरी कार्यालयमा आवेदन लिने व्यवस्था मिलाएको थियो । 
यता रोजगारी नपाएर बेरोजगार भई बसेका युवा, महिला मात्र नभएर ५० वर्ष नाघिसकेका पुरुषहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आउनु भनेको पक्कै नै मुलुकमा बेरोजगारी समस्या बढेको देखिन्छ । 
वर्तमान अवस्थामा सिंगो मुलुक निर्वाचनमय तथा राजनीतिक वातावरण नेपालकै इतिहासमा चरम बिन्दुमा रहेको बेलामा म्यादी प्रहरीमा यत्रो ठूलो संख्यामा युवाहरुको आवेदन पर्न आउनु रोजगारीको अगाडी कुनै द्वन्द्वले नछेक्ने प्रमाणित भएको छ । 
यसअघि सम्पन्न स्थानिय तह निर्वाचनका लागि पनि सप्तरीमा २ हजार २ सय ९९ का लागि झण्डै साढे नौं हजारको म्यादी प्रहरीमा आवेदन परेको थियो । 
म्यादी प्रहरी भर्नाको आवेदन दिन १८ वर्षदेखी ५४ वर्षसम्मका व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता सप्तरीमा २ हजार पाँच सय बढी संख्यामा म्यादी प्रहरी खटाइउन सकिने प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट