News Category 2074/07/30
छिन्नमस्तामा आगलागी हुँदा दश लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका १ मा बुधबार आगलागी हुँदा करिब दश लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीयवासी वकिल मिश्रका घरमा बालेको दियोबाट अचानक सल्केको आगोबाट मिश्रको गाई गोठसहित चार घर जलेर नष्ट भएको स्थानीयवासीले जनाएका छन् ।
सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगदमा क्षति पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताले जनाएको छ ।
यता आगलागीमा परी दुई गाईगोरुसमेत जलेर घाइते भएको पीडितले जनाएका छन् । आगलागी स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएका थिए ।
यसैबीच सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा २ का राजपा–फोरम गठबन्धनका उम्मेदवार शैलेन्द्रप्रसाद साहले पीडितको घर पुगेर आगलागीको अवस्थाबारे जानकारी लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/06/03 सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
- 2081/06/01 चन्दा नदिदा माइक्रो चालक र सहचालकलाई कुटपिट गरि लुटपाट
- 2081/06/01 “महम्मद डे” मा सद्भाव ¥याली
- 2081/05/30 शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
- 2081/05/30 जिल्ला बार एशोसिएशनको अध्यक्षमा कामेश्वर यादव निर्वाचित
- 2081/05/28 नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
- 2081/05/28 हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो
- 2081/05/28 संविधान दिवसका लागी विभिन्न कार्यक्रम तय
- 2081/05/27 कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
- 2081/05/27 आत्महत्या घट्ना न्यूनिकरणका लागी १८ वटै पालिकामा “ग्रासरुट अभियान”
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ