News Category 2074/08/27

खुल्ला दिसा मुक्त अभियानलाई तिब्रता दिदै संस्थाहरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
सनु २०१७ को डिसेम्बरसम्ममा सप्तरीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई विभिन्न संस्थाहरुले तिब्रता दिएका छन् । 
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानलाई सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सबल नेपाल, पिआरडिसी, वेल, केभिएस, जिल्ला समन्वय समिति, खानेपानी, एमसिडिसी, हुकोडेक, सेभ द सप्तरी लगायत एक दर्जन संस्थाहरु लागि परेका छन् । 
नेपाल सरकारको अभियान अनुरुप यही डिसेम्बरसम्ममा मुलुकलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेको छ । जस अन्तरगत अहिले सप्तरीमा साविकको ५२ गाविस र एक नगरपालिका खुल्ला दिसा मुक्त भइसकेको छ । 
हालसम्म जिल्लाको १ लाख १९ हजार ६ सय १८ घरधुरी मध्ये १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी बनिसकेको डिवासीसी सचिवालयका कार्यक्रम संयोजक मिथिलेश कुमार यादवले जानकारी दिएका छन् । उनले अब १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी बनाउन मात्र बाँकी रहेको जानकारी दिदै सो कार्य तिब्र रुपमा भइरहेको बताए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट