News Category 2074/09/17

मधेशी पुत्र २ लाई अनुमति नदिएको भन्दै सेन्सर वोर्ड विरुद्ध प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सेन्सर वोर्डले अनुमति दिन आलटाल गरेको भन्दै अनुरागी फ्ल्मिस प्रालिले आइतबार राजविराजमा विरोध प्रदर्शन गरेको छ । 
प्रालिले निर्माण गरेको मधेशीपुत्र २ नामक चलचित्रको प्रदर्शनका लागि सेन्सर बोर्डले आलटाल गरेको हो । मधेशको जल्दावल्दा समस्या र मधेश आन्दोलनका कथा व्यथा समेटेर बनाइएको फ्ल्मिले समाजमा कुनै खाले नाकारात्मक असर नपर्ने दावी गर्दै प्रालीले सेन्सर बोर्डले विभेद गरेको आरोप लगाउँदै प्रदर्शन गरेको हो । 
स्थानीय शिव मन्दिरको प्राङणबाट निस्केको प्राली आवद्ध पदाधिकारी, कलाकार तथा स्थानीय वासीको जुलुशले सेन्सर बोर्ड विरुद्ध चर्को नारावाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 
फ्ल्मिका निर्माता उदितनारायण साहले लाखौको लगानीमा मधेशको जल्दाबल्दा समस्यालाई समेटेर बनाइएको फ्ल्मिलाई प्रदर्शनमा रोक लगाएर सेन्सर वोर्डले विभेद गरेको भन्दै अबिलम्व इजाजत नदिए कलाकारहरु मिलेर आन्दोलन चर्काउने चेतावनी समेत दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट