News Category 2074/09/21

चिसोका कारण तीनको मृत्यु सामुदायिक विद्यालय बन्द

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० पुस । 
विगत एक पाँच दिनदेखी चिसो हावासँगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर बन्नुका साथै तीन जनाको चिसोका कारण मृत्यु भएको छ । 
अत्याधिक चिसोका कारण कठ्याग्रिंएर छिन्नमस्ता गाउपालिका १ बिरपुरका ३६ वर्षिय कुलदिप राय, सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल राम र सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको एक साता अघि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार यादवले जानकारी दिएका छन् । 
यता जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानवहादुर बस्नेतका अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।
यस्तै चिसो हावासँगै शितलहरी बढेपछि बिहीबारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार चिसोका कारण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरु विद्यालयसम्म पुग्न निक्कै कठिनाई उत्पन्न भएपछि बिहीबारबाट तीनदिनका लागि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । 
यता जिल्लाका सामुदायिक विद्यालयहरु बिहीबारवाट बन्द गरिएपनि निजी विद्यालयहरु भने संचालन नै रहेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट