News Category 2074/09/22
सप्तरीमा चिसोबाट कठ्याग्रिएर ६ को मृत्यु, चिसो प्रभावित क्षेत्रमा ६ हजार कम्बल र ५ हजार म्याट वितरण, मानविय क्षति नभएको प्रजिअको दाबी
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
बिगत ६ दिनदेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी दिएका छन् ।
यस्तै बुधवार राजबिराज नगरपालिका वडा नं. ११ झल्हीका ६५ वर्र्षीया कैलीदेबी खंग र बिहीबार वडा नम्वर २ का ६० वर्र्र्षीया नाजो बेगमको मृत्यु भएको वडा २ का अध्यक्ष अरुण यादबले जानकारी दिएका छन् ।
यसअघि सोमवार र मंगलवार जिल्लाको छिन्मस्ता गाँउपालीका १ बिरपुरका ३६ वर्षीया कुलदिप राय र सोही वडाका ३५ वर्षीय रामदयाल राम तथा एक साता अगाडी सोही वडाकी ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको वडाध्यक्ष बिनोद यादबले जानकारी दिएका छन् ।
यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जिल्लामा चिसोका कारण कुनै मानविय क्षति नभएको जानकारी दिएका छन् ।
चिसोका कारण जिल्लामा मानविय क्षति र चिसोबाट बच्नका लागि प्रशासनले के कस्ता सावधानी अपनाइरहेको विषयमा जानकारी लिन पुगेको यस दैनिकका समाचारदातासँग प्रजिअ पाण्डेयले भन्नुभयो, “हालसम्म जिल्लामा ६ हजार कम्बल र ५ हजार म्याट वितरण भइसकेको छ, र कुनै मानविय क्षति भएको छैन् ।”
उनले चिसोबाट अति प्रभावित जिल्लाका छिन्नमस्ता गाउँपालिकामा ५ सय कम्बल बितरण गरिएको तथा राजविराज, हनुमाननगर, महदेवा लगायतका क्षेत्रमा समेत कम्बल र म्याट वितरण गरिएको बताए ।
त्यस्तै बालबालिकाका लागि न्यानो झोला सम्पूर्ण स्थानिय तहलाई हस्तान्तरण गरि वितरण गर्न निर्देशन समेत दिएको उनले बताए । चिसोबाट बच्नका लागि जिल्लाको १८ वटै स्थानिय तहका प्रमुखहरुलाई अविलम्ब व्यवस्था मिलाउन र समस्या आए आफूसँग सहकार्य गर्न समेत निर्देशन दिएको जानकारी दिए ।
यस्तै प्रजिअ पाण्डेयले रेडक्रसले समेत कम्बल बितरण गरिरहेको बताउँदै जाइकाको सहयोगमा ३ हजार कम्बल र २ हजार म्याट बितरण भएको तथा स्थानिय मारवाडी सेवा समिति र अन्य संघसंस्थाहरुले कम्बल र म्याट बितरण गरिरहेको जानकारी दिए ।
उनले चिसोबाट बच्नका लागि विभिन्न स्थानमा वन कार्यालयको सहयोगमा दाउरा बाल्ने प्रहरी, सेनाको सहकार्यमा कार्य सूचारु गरिसकेको दाबी गरे ।
यता चिसो हावासंगै शितलहरी बढेपछि बिहीवारदेखी सप्तरी जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरिएको छ भने निजि विद्यालयहरु संचालन नै रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ