News Category 2074/09/24
चिसोका कारण मृत्यु भएका परिवारलाई क्षतिपुर्तिका साथै अन्य व्यवस्था मिलाउन प्रदेशसभा सदस्यद्वारा माँग
दैनिक समाचारदाता
राजविराज, २३, पुस ।
गत असार साउन महिनामा विनासकारी बाढीको पीडाबाट उम्कन नपाउँदै पछिल्लो एक सातादेखी बढेको चिसोसँगै चलेको शितलहर सप्तरीवासी नराम्ररी प्रभावित भएको भन्दै प्रदेशसभा सदस्य शैलेन्द्र प्रसाद साहले आइतबार जनताको गास, बास, कपास, शिक्षा र स्वास्थ्य सुविधाको ग्यारेन्टीको माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेशसभा साहले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख भागिरथ पाण्डेय मार्फत सो ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयलाई बुझाएका हुन् ।
बुझाइएको ज्ञापनमा अत्याधिक चिसो बढेपछि गरिब, दलितर विपन्न परिवारमा न्यानो कपडाको अभावले जाडो छल्न धौं धौं परिरहेको भन्दै मेहनत मजदुरी गरी दैनिक गुजारा गर्नेहरु अहिले संकटमा परेको उल्लेख छ ।
अत्याधिक शितलहरका कारण सप्तरीमा शनिबारसम्म ९ जनाको चिसोबाट कठ्यांग्रिएर मृत्यु भइसकेको र चिसोले कयौं बिरामी परेको भन्दै घरबाहिर निस्कन समेत समस्या भइरहेृको ज्ञापनमा उल्लेख छ । त्यस्तै प्रकृतिक प्रकोपबाट सप्तरीसहित मधेशका जिल्लाका नागरिकको दैनिकी कष्टपूर्ण बन्दै गइरहेको प्रति ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनमा शितलहरका कारण सप्तरीका प्रभावित बस्तिहरुमा अझै राज्यको जिम्मेवार उपस्थिति हुन नसकेको गुनासो गरिएको छ । बढेको जाडोबाट बच्नका लागि गरिब, दलित र विपन्न बस्तिमा तत्काल न्यानो लुगाको व्यवस्याका साथै जाडोका कारण मजदुरी गर्न नपाएर भोकभोकै बस्न बाध्य परिवारलाई उचित राहत प्रदान गर्न आग्रह गरिएको छ ।
साथै ज्ञापनमा चिसोका कारण मृत्यु भएका परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्थाका लागि समेत पहल गर्न आग्रह गर्दै मौसमको प्रतिकुलतालाई ध्यानमा राखि ग्रामिण क्षेत्रमा औषधीसहितको स्वास्थ्यकर्मीको टोलीको व्यवस्थापन, सार्वजनिक स्थानहरुमा काठ, दाउराको व्यवस्था समेत गरि आगो बाल्ने कार्यलाई सरकारीस्तरबाट तदारुकता देखाउन माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ