“प्रहरी पोशाक बा” परियारको निधन
Monday, December 09, 2013
दैनिक संवाददाता
राजविराज, २३ मंसिर ।
नेपाल प्रहरीको पोशाक सिलाईका लागि चर्चित राजविराज नगरपालिका–३ निवासी बिन्दु परियार (बिनवा) को शनिवारराती निधन भएको छ ।
प्रहरीको पोशाक सिलाई गरि ‘‘प्रहरी पोशाक बा” को रुपमा पहिचान बनाउनु भएका परियारको ६५ बर्षको उमेरमा निधन भएको हो ।
अचानक हृदयघात भएपछि उपचारका लागि बिराटनगर लगिएको थियो । उपचारकै क्रममा परियारको निधन भएको स्थानियहरुले बताएका छन् ।
उहाँ जिल्ला भरिका प्रहरीको पोषाक सिलाउने काम गर्नुहुन्थ्यो ।