News Category 2074/09/24

एक बालकसहित दुई जना मृत फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २३, पुस ।  
सप्तरीको छुटाछुटै ठाउँमा एक बालकसहित दुई जना मृत अवस्थामा पेला परेका छन् । 
जिल्लाको सप्तकोशी नगरपालिका ८ स्थित कमलपुरमा नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ४५ बर्षीय पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यस्तै जिल्लाको डाकनेश्वरी नगरपालिका ५ स्थित पश्चिम नहरको छउँमा एक ६ महिने बालक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । उक्त बालकको हालसम्म सनाखात हुन नसकेको प्रहरीको भनाई रहेको छ ।  
शवलाई परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अंचल अस्पतालमा ल्याएको र घटना बारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उक्त पुरुषको कुन कारणले कसरी मृत्यु भएको बारेमा खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट