News Category 2074/09/24
राजविराजका ८ वडा खुल्ला दिशा मुक्त घोषणा हुने तयारीमा
दैनिक समाचारदाता
राजविराज, २३, पुस ।
खुल्ला दिशा मुक्त अभियान अन्तर्गत राजबिराज नगरपालिकाका हालको ८ (साविकका १०) वटा वडा खुल्ला दिसा मुक्त घोषणा हुने भएको छ ।
आईतवार वडा १ र २ मा एक घर एक चर्पी अवधारण अनुरूप चर्पी निर्माण भई प्रयोगमा आएको खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले प्रमाणिकरण गरेपछि ती दुबै वडासँगै अन्य ६ वटै वडा गरि ८ वटै वडा खुल्ला दिसा मुक्त हुने सप्तरी सामुदायिक विकास केन्द्र नेपालका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।
यता दुबै वडामा चर्पी निर्माण भए वा नभएको डिवासीसीले अनुगमन गरेपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय प्रमुख तथा डिवासिसीका सदस्य सचिव लोकेन्द्र यादबले वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणाको लागि सिफारिस गरेका छन् ।
राजविराज नगरपालिकाका ८ वटा वडालाई खुल्ला दिसा मुक्त घोषणाका लागि गत मंसिर ८ गतेदेखी सहजिकरणको जिम्मा पाएको संस्था सप्तरी सामुदायिक विकास केन्द्र नेपालले अभियानलाई तिब्रता दिए पश्चात् १ हजार १ सय ६७ घरधुरीमा चर्पी निर्माण हुन बाँकी रहेकोमा आइतबारसम्म ती सम्पूर्ण घरधुरीमा चर्पी निर्माण भइसकेको जानकारी दिएको छ ।
राजविराज नगरपालिकाको १ देखी ८ वडाका ६ हजार ९ सय ३६ घरधुरीमा ३८ हजार ५ सय ५५ घर परिवार रहेका छन् । जस मध्ये अभियान अघि ५ हजार ६ सय ११ घरधुरीमा चर्पी निर्माण भएको थियो र अभियानपछि १ हजार १ सय ६७ घरधुरीमा चर्पी निर्माण भएको संस्थाका कार्यक्रम संयोजक यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ