News Category 2074/09/27

शितलहर पीडितलाई ब्लायङ्केट बितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।  
सप्तरीको शम्भुनाथ नगरपालिका बार्ड नं. ६, ७ र ८ का शितलहर पीडितहरुलाई बुधबार ब्लायङ्केट बितरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले स्विस सरकार बिकास नियोग तथा सामी हेल्भेटासको सहयोगमा उक्त ब्लायङ्केट बितरण गरेका हुन् ।
सप्तरी सामुदायिक बिकास केन्द्र नेपाल सप्तरीको आयोजना ब्लायङ्केट बितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र चौधरी, सशस्त्र प्रहरी उपरीक्षक रामाधार यादव, वडा अध्यक्षद्वय गोपाल प्रसाद चौधरी, मो. याकुव अलि, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर  यादव, नेपाल प्रहरीका ईन्सपेक्टर रमेश बस्नेत, सामि हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी, गैससका अध्यक्ष शम्भुनन्द चौधरी लगायतका सहभागिता रहेको थियो ।...
चिसो बढे ंगै स्थानिय प्रशासन तथा बिभिन्न संघसस्थाहरूको सहयोगमा बृद्धबृद्धा तथा असहाय, गरिब, बिपन्न, दलित परिवारलाई कम्बल, ब्लायङ्केट जस्ता न्यानो कपडा बितरण कार्यलाई निरन्तरा दिइदै छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट