News Category 2074/09/29

चिसोबाट मृत्यु हुनेको संख्या २५

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । शुक्रबार केही बेर घाम लागेपनि चिसो हावा चलिरहदा चिसो झनै बढेको छ ।
यसैबीच शुक्रबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर एक जना मृत अवस्थामा फेला परेका छन् । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । 
मृत अवस्थामा फेला परेका सुनसरीको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंहको पनि जाडोका कारण शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । यसैगरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवामा अत्यधिक चिसोबाट स्थानिय ६५ वर्षीया शान्तीदेवी यादवको घरमै सुतेको अवस्थामा कठयांङ्गिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका १ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
यता जिल्ला प्रशासन कार्यालयका अनुसार हाल सम्म चिसोबाट १२ जनाको मात्र पुष्टि गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट