News Category 2074/09/30

चिसोबाट मृत्यु हुनेको संख्या दिनहँु बढ्दै, हालसम्म २६ को मृत्यु, सरकारी निकाय र संघसंस्थाले न्यानो कपडा बितरणलाई दिए तिब्रता

दैनिक समाचारदाता

राजविराज÷सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । शुक्रबार र शनिबार केही बेर घाम लागेपनि चिसो हावाका कारण जनजिवन कष्टरकर बन्दै गएको हो ।  
पछिल्लो पटक शुक्रबार साँझ जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ बस्ने ६८ वर्षिया सुगावत्ति देवी सरदारको चिसोले कठयांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 
यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने हालसम्म १३ जनाको मात्र चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 
यस्तै शुक्रबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर मृत्यु भएका सुनसरीको इनरुवा नगरपालिका १ घर भई माग्दै हिँडने वर्ष ४० का ढुण्डीराज पोखरेलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
यस्तै जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय श्यामादेवी सिंह, हनुमाननगर कंकालिनी नगरपालिका १ भलुवामा अत्यधिक चिसोबाट स्थानिय ६५ वर्षीया शान्तीदेवी यादवको घरमै सुतेको अवस्थामा कठयांङ्गिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ ।
यसअघि जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका १ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट  तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् । 
प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ । 
उनले ती कपडाहरु विभिन्न स्थानिय संघसंस्था तथा जायका, सेभ द चिल्ड्रेन, युनिसेफ, कुबँर फाउण्डेशन, धुर्मुस सन्तली फाउण्डेशन लगायतका राष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेको जानकारी दिएका छन् । यस बाहेक अन्य संस्थाहरुले आफै पनि कपडाहरु बितरण गरिरहेको समेत बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट