News Category 2074/10/01

जिप्रकाद्वारा १ सय १५ अपाङ्गता भएका ब्यक्तिलाई स्लिपिङ्ग ब्याग बितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
दुई सतादेखी बढेको शीतलहर र अत्याधिक चिसोका कारण जनजिवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार अपाङ्गता भएका व्यक्तिहरुलाई राहत बितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र प्रशासकिय अधिकृत रोहित भटराईले बिभिन्न ठाउँबाट आएको १ सय १५ जना अपाङ्गता भएका ब्यक्तिलाई एक सेटका दरले स्लिपिङ्ग ब्याग बितरण गरेका हुन् । अपाङ्गता भएका मध्ये १ सय ५ जना अपाङ्ग र  १० जना दृष्टिबिही रहेको जनाइएको छ । 
यस्तै मधेशी अपाङ्ग कल्याण संघको समन्वयमा धर्मी हल्फा महिला विकास क्लव लालापट्टिले  समेत जिल्लाका ५० जना अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ  ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय र क्लवका अध्यक्ष इन्जिनियर सुर्यनारायण यादवले संयुक्त रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्वल वितरण गरेका हुन् । .     
संस्थाद्वारा यस अघि चिसोले पीडित एक दर्जन गाउँका गरिब एवम् विपन्न समुदायलाई कम्वल वितरण गरिसकिएको क्लवका अध्यक्ष यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट