News Category 2074/10/02

माघे संक्रान्तिको अवसरमा बेल्हीमा कुस्ति प्रतियोगिता सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ माघ ।
माघे संक्रान्तिको अवसरमा सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमबारदेखी कुस्ति खेल सुरु भएको छ । 
बलान विहुल गाउँपालिका वडा नं. ४ बेल्हीको आयोजिनामा आयोजित कुस्ति खेलको सोमबार गाउँपालिका अध्यक्ष दयानन्द गोइत, प्रदेशसभा सदस्य अभिषेक यादव, संघीय समाजवादी फोरम नेपालका सप्तरी इन्चार्ज अनिरुद्ध प्रसाद सिंह र फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।   
मंगलबारसम्म संचालन हुने  भारत र नेपालका पहलवानहरु सम्मिलित उक्त दंगल (कुस्ति) खेलमा पुरुष र महिला खेलाडी गरि २२ जना पहलवानहरुको सहभागिता रहेको छ । 
उक्त खेलमा २२ पहलवान मध्ये १७ पुरुष र ५ महिला पहलवानहरुको सहभागिता रहेको छ । जसमध्ये ५ जना नेपाली पुरुष, १३ जना भारतीय पुरुष र ५ जना भारतीय महिला पहलवानहरुले सहभागिता जनाएको सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट