News Category 2074/10/04

सप्तरीमा चिसोले ३२ को मृत्यु, प्रहरीद्वारा १९ को पुष्टि

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
पुस १७ गतेदेखी सप्तरीमा बढेको चिसोले जनजिवन कष्टकर बन्दै गएको बेला जिल्लामा चिसोले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएको मध्येमा जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ । 
पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ३ निवासी ६२ वर्षिया कलिया देबी सदा, सुरुङ्गा नगरपालिका १० निवासी ५५ वर्षिय बुद्धी लाल मुखीया र तिरहुत गाउूपालिका ४ निवासी ६० वर्षिया जलेश्वरी देबी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिएका छन् । 
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले आफ्नै नेतृत्वमा विभिन्न स्थानमा शितलहर र बाढी पीडितहरुलाई न्यानो कपडा वितरण कार्यलाई तिब्रता दिएको छ । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय आफ्नै नेतृत्वमा जिल्लाको विभिन्न चिसो प्रभावित र बाढी प्रभावित बस्तिहरुमा गएर विभिन्न संघसंस्थाहरुले सहयोग गरेको कम्बल, ब्लायङ्केट  तथा न्यानो कपडाहरु बितरण गर्न लागिपरेका छन् । 
प्रजिअ पाण्डेयका अनुसार हालसम्म १३ हजार भन्दा बढी कम्बल र ब्लायङ्केट तथा ७५ बोरो न्यानो कपडा बितरण भइसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट