News Category 2074/10/09
राष्ट्रिय सभाको निर्वाचनमा राजपाले फोरम र काँग्रेससँग तालमेल गर्ने, निर्वाचनको तयारी अन्तिम चरणमा ः निर्वाचन आयुक्त
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
आगामी माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने औपचारिक निर्णय गरेको छ ।
पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए । राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए ।
निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ । सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै कांग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा औपचारिक छलफल अघि बढाएको थियो । प्रदेश नम्बर २ मा कम्तीमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी, नेपालले कांग्रेससँग राखेको छ ।
नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ । आगामी माघ १० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।
यसैबीच निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि सोमबार आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ।
उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई मंगलबार प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/04 प्रतिष्ठानद्वारा क्रिकेटलाई निरन्तरता, बैशाख ५ देखी प्रतियोगिता हुने
- 2081/01/03 मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
- 2081/01/02 अधिकृत गुरुङ नयाँ वर्षमा कुचो बोकेर मन्दिर–मन्दिर
- 2080/12/30 कोशी नहरमा कार खस्दा एक बालकको मृत्यु, एकै परिवारका १० जना घाइते
- 2080/12/29 चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
- 2080/12/29 किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने
- 2080/12/29 सप्तरीमा इदको रमझम
- 2080/12/29 दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
- 2080/12/29 त्रियुगा सहकारीले ५० औं स्थापना दिवसमा मनायो स्वर्ण जयन्ती
- 2080/12/27 विकासको मामलामा सप्तरी पछाडी परेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ