News Category 2074/10/11

गज्जुबाबुले उठाएको संघियता र समावेशिताका अधारमा देश अगाडि बढ्दै छ ः राजपा वरिष्ठ उपाध्यक्ष

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रजातन्त्र आन्दोलनका योद्धा एवं मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको १६ औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरि सप्तरीमा मनाईएको छ ।  
राजबिराजमा राजपा नेपाल सप्तरीद्वारा आयोजित बिचार गोष्ठीमा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादबले गजेन्द्र बाबूले उठाएको संघियता र समाबेशिताका अधारमा देश अगाडि बढेको विचार व्यक्त गरेका छन् । 
उनले मधेश र मधेशको पहिचान समाबेशिता, संघीयता नागरिकता, आरक्षण, जस्ता समतामुलक समाज निर्माणको अधिकार सहित मधेशीले पाउनुपर्ने माँग उठाउने पहिलो ब्यक्ती गजेन्द्र बाबू नै रहेको उल्लेख गरे । 
सो अबसरमा गजेन्द्र बाबुका निकटतम सहयोगी बरिष्ठ पत्रकार बिष्णुकुमार मण्डलले गजेन्द्र बाबुले संघियता नै वास्तविक लोकतन्त्रको भएकोले संघियता कै माध्यमवाट आप्mना गाउँ ठाँउको बिकास र नेतृत्व  दुबैमा मधेशीले सम्मान अधिकार पाउने कुरा उनी गर्दै आएको बताए ।
उनले स्व. सिंहको आश्रम अहिले अतिक्रमणको चपेटा परेको उल्लेख गर्दै सप्तरी सेवा आश्रम भित्र रहेका क्रान्ति भवन भत्काएर बिद्यालय संचालित रहेकोले सिंहको भौतिक शरीर अंगनीभुत भएका समाधी स्थलको संरक्षण आबश्यक रहेको बताए ।
नेता सिंहको मृत्युको १० वर्ष पश्चात् २०६८ सालमा पुनराबेदन अदालत राजबिराजद्वारा सप्तरी सेवा आश्रम, गजेन्द्र निवास, क्रान्ति भवन, पुस्तकालय र समाधीस्थललाई सर्वसधारणका लागि खुल्ला राख्न भने पनि सो को संरक्षण, सम्वद्र्धनका लागि जिल्ला प्रशासन कार्यलय सप्तरी र राजबिराज नगरपालिकाको नाममा परमादेश जारी भएपनि हाल सम्म कार्यन्वयन नहुनु दुःखद रहेको मण्डलले बताए ।
सोही अवसरमा राजपा उपाध्यक्ष रामनारायण यादब, केन्द्रीय सचिव गजेन्द्र मण्डल, केन्द्रीय सदस्य बिश्वेवर रजक, दिनेश यादब, संघिय समाजवादी फोरम सप्तरी सचिव केदार यादब, बिद्यार्थी मंच केन्द्रिय अध्यक्ष किशोर कुमार यादब, शंभु यादब, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादब, राजबिराज नगर कमिटिका अध्यक्ष अमरकान्त झा, उपाध्यक्ष प्रमोद यादब, शिक्षक कैलास यादब, युवा नेता निरज झा, मधेशी निजामति कर्मचारी सप्तरी अध्यक्ष अजय झाले स्व. गजेन्द्र नारायण सिंहको व्यक्तित्व बारे वारे चर्चा गरेका थिए ।
राजपा नेपाल सप्तरीका कावा संयोजक अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालान जिल्ला सचिव हरेराम यादबले गरेका थिए ।
यसैअघि बुधवार बिहान स्व. गजेन्द्र नारायण सिँहको समाधीस्थल तथा गजेन्द्र चौकको शालिकमा राजपाका नेता तथा कार्यकर्ताहरूले फुलमाला लगाई श्रद्वा सुमन अर्पण गरेका छन ।
सो अवसरमा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादब, केन्द्रिय सदस्य दिनेश यादव, राजबिराज नगरपालिका प्रमुख शम्भु यादब, उपमेयर साधना झा, नेपाल मधेशी निजामति कर्मचारी ट्रेड युनियनका अध्यक्ष अजय झा, बिद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादब, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादब, लगायतको उपस्थिति रहेको िथयो ।
उक्त अवसरमा राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले स्व. गजेन्द्र नारायण सिंहकै कारण मुलुकमा अहिले संघियता आएको बताए । उनले स्व. सिंहकै मार्गनिर्देशमा अहिले मधेशवादी दलहरु हिडिरहेको बताए । 
२००४ सालदेखि नेपाली काँग्रेसबाट राजनीति सुरु गर्नुभएका मधेशका मसिहा स्व. सिंह प्रतिनिधीसभाका सदस्य रहनुभएको बेला प्रजातन्त्र स्थापनाकालागि वकालत गर्नुकोसाथै मुलुकमा मधेशीका लागि राजनीतिक अधिकार, सामाजिक न्याय तथा मधेशका भविष्य द्रष्टाको रुपमा पहिलो ब्यक्तिको रुपमा चिनिन्थ्यो । 
सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पछिल्लो समयमा आधा दर्जन पार्टीमा विभाजित भएको थियो । सोही पार्टीहरु मध्ये राजेन्द्र महतो र अनिल झा नेतृत्वको सद्भावना अहिले राजपामा परिणत भइसकेको छ भने सरिता गिरी संघीय समाजवादी फोरममा प्रवेश गरिसकेकी छिन् । यस्तै विकास तिवारी नेतृत्वको नेसपा गजेन्द्रवादी अहिले क्षेत्रिय पार्टीको रुपमा रहेको छ भने सद्भावना पार्टीकै नाममा पार्टी खोलेका श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल लगायत अहिले सामाजिक जिवन बिताइरहेका छन् । 
नेपालको सत्याग्रह आन्दोलनमासमेत ठूलो योगदान दिनुभएको सिंहको १६ वर्ष अघि आजैको दिन निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट