News Category 2074/10/11

कुनै मधेशी नेतामा गजेन्द्र बाबुको चरित्र छैन् ः खुशीलाल मण्डल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले संविधान सभाको निर्वाचनमा मधेशी जनताले निकै आशा र विश्वासको साथ जिताएर पठाएको कुनै पनि मधेशी नेताहरुले स्व. गजेन्द्र बाबुको चरित्र नदेखाएको बताएका छन् । 
स्व. गजेन्द्र नारायण सिंहको १६ औं स्मृति दिवसको अवसरमा बुधबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरि मधेशी नेताहरु इतिहासको पानामा सिमित मात्र भएर सत्ता, स्वार्थ र धनलिप्तामै सिमित हुन पुगेको आरोप लगाए ।  
उनले शासक वर्गको विभेदका कारण प्रदेश नं. २ मा भाषा संस्कृति, शिक्षा, अर्थलगायत सबैमा खवशेष मात्र बाँकी रहेको बताएका छन् । 
उनले प्रदेश २ मा ४८ प्रतिशत जनता गरिबीको रेखामूनी रहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई यसप्रति गम्भिर हुनुपर्ने सुझाव समेत दिएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट