News Category 2074/10/11

राजविराज नगरपालिका माघ २६ मा खुल्ला दिसा मुक्त घोषणा हुँदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० माघ ।
राजविराज नगरपालिका आउँदो माघ २६ गते खुल्ल दिसा मुक्त घोषणा हुने भएको छ । 
ः(ध्ब्क्ज्(ऋऋ को बुधबार भएको बैठकद्वारा राजविराज नगरपालिकालाई माघ २६ शुक्रवार खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय गरेको हो । 
राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, जिल्ला स्तरिय खाने पानी तथा स्वच्छता समितिका सदस्य सचिव लोकेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत उमेश यादव, वडा नं. १ देखि १६ सम्मका अध्यक्ष, गैसस महासंघका अध्यक्ष, समितिका पदाधिकारीहरू, युनिसेफ, युएनहेविटाट्, जिसस बाँस संयोजक, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, सप्तरी युथका पदाधिकारी तथा नगरपालिकाका कर्मचारीको उपस्थितिमा उक्त निर्णय गरिएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट