News Category 2070/08/27

नवनिर्वाचित सभासद् यादवको ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज”” अभियान शुरु

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २६ मंसिर । 
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले सप्तरीको समग्र विकासका लागि ‘‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज” अभियान शुरु गर्नुभएको छ ।
विकासको दृष्टिकोणले पछाडी परेका सप्तरी जिल्लाको विकासलाई गति दिन शुरु गर्नुभएको अभियान अन्तर्गत बुधबार नवनिर्वाचित सभासद् यादवले जिल्लास्थित सरोकारबाला निकायका प्रतिनिधी, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायी लगायतसँग अन्तरक्रिया गर्नुभएको छ ।
जिविस सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सभासद् यादवले मुलुकको हरेक दृष्टिकोणले अग्रणी रहेको सप्तरी जिल्ला र नेपालको नगरपालिकाहरु मध्ये पुरानो राजविराज नगरपालिका विकासको दृष्टिकोणले पछाडी परेकाले त्यसको समग्र विकासका लागि आफुले अभियान शुरु गरेको बताउनुभयो ।
अभियानलाई सफल बनाउन सप्तरीबाट चुनाव जितेका र समानुपातिक तर्फ मनोनित हुने सभासद्हरुसँग सहकार्य गरेर अघि बढ्ने बताउनुहुँदै उहाँले जिल्लामा बिमान स्थल, औधोगिक क्षेत्र लगायतका विकासका सम्भावनाहरु हुदाँ हुँदै पनि राज्य पक्षको बक्र दृष्टि र जिल्लाबासीको कमजोरीका कारण विकासले फड्को मार्न नसकेकोले आफु अभियानलाई अघि बढाएको उल्लेख गर्नुभयो । 
उहाँले अभियानकै क्रममा छिट्टै जिल्लाका सभासद्हरुसँग अन्तरक्रिया गर्ने र जिल्लास्थित सरकारी निकायका प्रमुखहरुसँग पनि अन्तरक्रिया गर्ने जानकारी दिनुभयो । 
सप्तरीको विकास एक्लैबाट सम्भव नहुने भएकाले यहाँका सबै सभासद्, जिल्लाका राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुलाई सँगै लिएर अघि बढ्न चाहेकाले यसमा साथ दिन सबैसँग आव्हान समेत गर्नुभयो । 
कार्यक्रममा सरोकारबाला निकायका प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतले सभासद् यादवको अभियान जति लोकप्रिय छन्, त्यसको कार्यान्वयन त्यतिकै चुनौतिपुर्व रहेको बताउँदै जिल्लाको विकासमा सधै सहयोगी रहने प्रतितबद्धता ब्यक्त गरेका थिए । 
सो कार्यक्रममा बोल्नुहुँदै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दिलिप साह(दिनकर)ले विकासलाई गतिदिन सबै पक्ष एक जुट भएमा मात्र सम्भव हुने बताउनुभयो ।
एक अर्काे प्रसङगमा नेता साहले निर्वाचनमा भएको धाँधली बारे छानबिन गर्न उच्चस्तरीय समिति गठन र सहमतिबाटै संबिधान निर्माणको आधार तय भए आफ्नो दल संबिधानसभामा जाने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट