News Category 2074/10/13

मधेशी दलले काँग्रेसमोह त्याग्नु पर्छ ः मातृका यादव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
माओवादी केन्द्रका कार्यालय सदस्य तथा प्रदेश नं. २ का इन्चार्ज मातृका यादवले मधेशी दलले काँग्रेसमोह त्यागे मात्र मधेशी जनताको कल्याण हुने बताउनु भएको छ । 
प्रेस सेन्टर नेपाल सप्तरीले शुक्रबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का इन्चार्ज यादवले बाम गठबन्धन मात्र मधेशको समस्या समाधान गर्न सक्षम रहेको दाबी गर्नुभयो । 
उहाँले मधेशी जनतामा अहिलेसम्म चेतनाको अभाव रहेको भन्दै मधेशवादी दलहरुको अदुरदर्शिताका कारण मधेशी जनताहरु के हो भन्ने मधेशी नेताहरु स्पष्ट नरहेको आरोप समेत लगाउनुभयो । इन्चार्ज यादवले बामगठबन्धनमा मधेश बारे विचार रहेको तर मधेशी जनताको भावनासँग आत्मसाथ नभइरहेकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो ।
जनताले बाम गठबन्धनलाई स्थायी सरकार बनाउने जनमत दिएको भन्दै यादवले संविधान संशोधन बाम गठबन्धनको सरकारले मात्र गर्ने जिकिर समेत गर्नुभयो । 
उहाँले मधेश पहाडसँग र पहाड मधेशसँग मिल्नुको विकल्प नरहेको भन्दै अनि मात्र मुलुककको समृद्ध विकास हुने धारणा राख्नुभयो । उहाँले अब बन्ने स्थायी बाम गठबन्धनको सरकारले मुलुकको समृद्ध विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । 
उहाँले माओवादी केन्द्र र नेकपा एमाले एक अर्कामा विलय नभएर दुबै पार्टीबीच एकता हुने बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट