News Category 2074/10/13

वैशाख ३ गते तिलाठीमा बृहद स्वास्थ्य शिविर संचालन हुने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको तिलाठीमा आउँदो वैशाख ३ गते बृहद स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । 
शिवरबारे जानकारी दिने उद्देश्यले शुक्रबार राजविराजमा लाइन्स क्लबका कार्यक्रम संयोजक मनोज सापकोटाले पत्रकार सम्मेलनको आयोजना गरी शिविरमा सर्वसाधारण बिरामीको शरिरको पूर्ण स्वास्थ्य परीक्षणसहित दाँत सम्बन्धी सम्पूर्ण उपचार र सेवा प्रदान गरिने जानकारी दिए ।
अमेरिकास्थित कैलाश मेडिकल फाउण्डेसन र लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट फोर सि थ्री को संयुक्त आयोजनामा २०१८ अप्रिल १६ तारेख अर्थात २०७५ बैशाख ३ गते तिलाठीमा वृहत स्वास्थ्य शिविर आयोजना हुने जनाइयो । यस्तै सोही शिविर २०७४ चैत २९ अर्थात २०१८ अप्रिल १२ तारेखमा इटहरी हुने जनाइएको छ । 
उक्त शिविरमा आमेरिकाका १३ जना दक्ष एवं विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्तिको उपस्थिति रहनुका साथै नेपाली चिकित्सक र स्वास्थ्य प्राविधिकहरुको समेत सहभागिता रहने आयोजकले वताएको छ ।
सुनसरीको इटहरीलाई विगतमा कर्मथलो बनाई लामो समय शिक्षण अध्यापन र समाज सेवाको क्षेत्रमा संलग्न रही हाल १५ वर्षदेखि अमेरिकाको क्यालीफोर्नीयामा बस्दै आएका लाइन्स क्लबका गभर्नर राजेन थापाको सक्रियतामा उक्त शिविरको आयोजना हुन लागेको जानकारी समेत उनले दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट