News Category 2074/10/14

लौनियाका बाढी पीडितलाई खाद्यान्न र कम्बल वितरण

दैनिक समाचारदाता

राजविराज÷सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यन्न समाग्रीसहित बिभिन्न जाडोबाट जोगिन कम्बल बितरण गरेको छ । 
साविकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ का बाढी प्रभावित चार सय घरधुरीलाई सो राहत सामाग्री बितरण गरिएको सवल नेपालका परमेश्वर झाले बताए । 
युएनडीपिको सहयोगमा सवल नेपाललले त्यहाँका बाढी पीडितहरुलाई जाडोबाट जोगिनका लागि एक थानका दरले कम्बल, बच्चालाई लगाउने सुतिको कपडा, बालटिन, मग, सुधारिएको चुल्लो, हाइजिङ्ग किट लगायतका समामग्री बितरण गरिएको हो । 
बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, सशस्त्र प्रहरी वल सप्तरीका प्रमुख रामाधार यादव, तिलाठी कोईलाडी गाँउपालिकाका अध्यक्ष सतिश सिंह, उपमेयर सुचिता कुमारी यादब, सबल नेपालका अध्यक्ष जुना गिरी सहितको उपस्थिती रहेको थियो । 
यसैबिच जिल्लाको बिभिन्न बाढी प्रभावित क्षेत्र ६ हजार घरपरिवारलाई राहत सामाग्री बितरण गर्ने योजना रहेको सवल नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट