News Category 2074/10/15

प्रदेश नं. २ का सबै उम्मेदवार निर्विरोध

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि ८ वटै उम्मेदवार निर्विरोध भएका छन् । 
संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताए ।
हुसेनले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रियसभा सदस्यका लगि ८ सिट रहेको यस प्रदेशमा राजपा, फोरम र काँग्रेसका २÷२ जना तथा एमाले र माओवादीबाट एक एक जना निर्विरोध निर्वाचित भएका छन् । 
यसअघि महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो ।
महिला समूहबाट माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव तथा फोरमकी प्रमिला कुमारी तथा अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल तथा दलित कोटाबाट फोरमका रामप्रित पासवान निर्विरोध भइसकेका थिए । राष्ट्रियसभा सदस्यका लागि यस प्रदेशबाट ९ जनाको उम्मेदवारी परेको थियो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट