News Category 2074/10/15

वर्ष २०१८ राजविराज जेसीजको अध्यक्षमा कृष्ण देव

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
राजविराज जेसीजको ४३ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिवार एक कार्यक्रमबीच राजविराज जेसीज भवनमा सम्पन्न भएको छ । 
सन् २०१७ का राजविराज जेसीजका अध्यक्ष सन्तोष कुमार सिन्हाले आफ्नो कार्यकालमा रहेको कार्य समितिको सदस्यहरुलाई सम्मनित गरेका थिए ।
सन् २०१८ को नयाँ कार्यसमितिको गठनको जिम्मेवारी सन् २०१६, राजविराज जेसीजका अध्यक्ष मिलन कुमार सिंहले पाएका थिए । सोहि अनुरुप उनले सर्वसम्मतिमा सन् २०१८ को अध्यक्ष पदको जिम्मेवारी जेसी कृष्ण कुमार देवलाई जिम्मा लगाए । कार्यक्रममा पूर्व अध्यक्ष जेसी सन्तोष कुमार सिन्हा, पूर्व अध्यक्ष जेसी मनोहर पोखरेल, पूर्व अध्यक्ष जेसी अन्नत साहले मन्तवय व्यक्त गरेका थिए । 
कार्यक्रमको प्रमुख अतिथिमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, विशिष्ट अतिथिका रुपमा राजविराज नगरपालिकाका उपमेयर साधना झा, पूर्व सिनेटर तथा राष्ट्रिय अध्यक्ष गोबिन्द सिंह, राजविराजको पूर्व मेयर शैलेश चौधरी, सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवलगायतका मान्यजनहरुको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट