News Category 2074/10/16

प्रदेश प्रमुखको मुख्य सचिवमा युसुफ अली नियुक्त

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ माघ । 
संघीय समाजवादी फोरम नेपाल सप्तरीका पूर्व अध्यक्ष युसुफ अली प्रदेश नं. २ को प्रदेश प्रमुखका निजि सचिवालयको मुख्य सचिवमा नियुक्त भएका छन् । 
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले अलि प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थका निजि सचिवालयको मुख्य सचिवमा पदमा नियुक्त भएको जानकारी दिएका छन् । 
पार्टी स्थापना कालदेखी नै अलिको पार्टीमा सक्रियता रहेको छ भने उनी प्रदेश सभा सदस्यका लागि मुश्लिम कोटाबाट समानुपातिक उम्मेदवार समेत बनेका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट