प्रदेश प्रमुखको मुख्य सचिवमा युसुफ अली नियुक्त
Tuesday, January 30, 2018
दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका पूर्व अध्यक्ष युसुफ अली प्रदेश नं. २ को प्रदेश प्रमुखका निजि सचिवालयको मुख्य सचिवमा नियुक्त भएका छन् ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले अलि प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थका निजि सचिवालयको मुख्य सचिवमा पदमा नियुक्त भएको जानकारी दिएका छन् ।
पार्टी स्थापना कालदेखी नै अलिको पार्टीमा सक्रियता रहेको छ भने उनी प्रदेश सभा सदस्यका लागि मुश्लिम कोटाबाट समानुपातिक उम्मेदवार समेत बनेका थिए ।