News Category 2074/10/17

आइडिएलद्वारा एक लाख २८ हजारको सामाग्रि महासंघलाई हस्तान्तरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
आइडिएल सहकारी संस्था राजविराजले मंगलबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखा प्रयोजनका लागि विभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको छ । 
महासंघको भवनमा आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष गणेश आसले महासंघका अध्यक्ष जितेन्द्र खड्गालाई १ लाख २८ हजार मुल्य बराबरको टेबल, कुर्सी, सोफासेट, पंखा लगायतका सामाग्रिहरु हस्तान्तरण गरे । 
सो कार्यक्रममा संस्थाका अध्यक्ष आसले सामाजिक कार्यमा संस्थाले अग्रसरता देखाउने क्रममा महासंघलाई नै सो मुल्य बराबरको सामाग्रिहरु पहिलो पटक हस्तान्तरण गरेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । 
यस्तै संस्थाका संचालक सदस्य एवं राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले संस्थाले सामाजिक क्षेत्रको सुधार गर्ने अन्य संस्थाहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । 
सोही कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष खड्गाले आइडियलले गरेको भौतिक समाग्रि सहयोगबाट महासंघलाई सामाजिक क्षेत्रमा कार्य गर्न ठेवा पुगेको बताए । उनले आगामी दिनहरुमा महासंघ र त्यसमा आवद्ध सम्पूर्ण संचारकर्मीहरुले समाजमा रहेको कुरतीहरुलाई उजागर र सकारात्मक कार्यलाई प्रोत्साहित गर्न अग्रसरता देखाउने प्रतिबद्धता समेत व्यक्त गरे । 
महासंघका अध्यक्ष खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, वरिष्ठ पत्रकारद्वय अनिल कुमार अनल, शिवहरि भट्टराई, आइडियलका संचालक सदस्य बिजयानन्द झा लगायतका वक्ताहरुले यस्ता सहयोगहरुबाट पत्रकारहरुको हौसला बढ्ने र अन्य संस्थाहरुलाई सामाजिक कार्यमा सहयोग गर्न प्रेरणा मिल्ने बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट