News Category 2074/11/02

हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
जंगली हात्तिको आक्रमणबाट सप्तरीमा मंगलबार दिउँसो दुई महिलाको मृत्यु भएको छ । 
मृत्यु हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मंजुदेवी साह र सोही वडाकी ४५ वर्षिया द्ुर्गिदेवी मुँखीया रहेकी छिन् । 
घाँस काट्न गएको बेला उनीहरुमाथी हात्तिले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो २ बजेतिर घाँस काट्दै गर्दा कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रबाट आएको हात्तिले आक्रमण गर्दा दुबै महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुबै महिलाको टाउँको र छातिमा हात्तिले कुल्चिएर मारेको अवस्था शव भेटिएको स्थानियले बताएका छन् । यता हात्ति धपाउने क्रममा आक्रमक भएको हात्तिले पछिफर्किएर लखेटेपछि गाउँलेबीच भागदौड समेत मच्चिएको थियो ।
लामो समयदेखी स्थानिय जंगलमा हात्ति बस्न थालेपछि गाउँले राम्रोसँग निदाँउन पाएका छैनन् । विगत एक वर्षदेखी कंचनरुप नगरपालिका र आसपासका गाउँमा जंगली हात्तिले पाँच दर्जन भन्दा बढी घरमा क्षति पु¥याउनुका साथै लाखौंको अन्नबाली समेत नष्ट गरिदिएका छन् । 
यता विगत एक वर्षको अवधीमा हात्तिको आक्रमणबाट सो क्षेत्रका चार जनाको मृत्यु भइसकेपनि स्थानिय प्रशासनले नियन्त्रणको ठोस उपाय गर्न नसक्दा स्थानियवासी आक्रोसित बनेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट