News Category 2070/08/29

बालकहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ मंसिर । 
जेसीज सप्ताह अन्तरगत राजविराज जेसीजले शुक्रबार बाल कल्याण गृहका आश्रित बालकहरुलाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
जेसीज सप्ताहअन्तर्गत छैठो दिन बाल कल्याण गृहमा आयोजित एक कार्यक्रमका बीच फलफूल तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
राजविराज जेसीजका अध्यक्ष मनोहर पोखरेलको अध्यक्षता तथा पूर्व अध्यक्ष गजराज तातेडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याउ, सुन्तला, कपी, कलम लगायतका सामग्री वितरण भएको थियो ।
सामग्री वितरणसँगै आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी तातेडले बालगृहका बालकहरुलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
मुल संयोजक मिलन सिंहको सञ्चालन एंव कार्यक्रम संयोजक पुनम पोखरेलद्वारा स्वागत गरिएको कार्यक्रममा बाल कल्याण गृहका नारायण अधिकारी, राजविराज जेसीजका कानुनी सल्लाहकार दीपेन्द्रकुमार दास, उपाध्यक्ष तुलानाथ माझीले बोल्नु भएको थियो ।
हाल बाल गृहमा २४ जना बालकहरुले आश्रय लिई पढिरहेका छन् । सो अवसरमा बालकहरुले गीत एवं नृत्य प्रस्तुत गरेका थिए ।
वि.स. १९९४ सालमा स्थापित हनुमान पाठशाला हनुमाननगरबाट २०२७ सालमा राजविराज स्थानान्तरण गरिएको यहाँको एक मात्र बालगृह राजविराजका धेरै ठाउँमा भाँडामा सर्दै–सर्दै हाल राजविराज–९ स्थित आफ्नै भवनमा सञ्चालित छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट