News Category 2070/08/29
बालकहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण
दैनिक संवाददाता
राजविराज, २८ मंसिर ।
जेसीज सप्ताह अन्तरगत राजविराज जेसीजले शुक्रबार बाल कल्याण गृहका आश्रित बालकहरुलाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
जेसीज सप्ताहअन्तर्गत छैठो दिन बाल कल्याण गृहमा आयोजित एक कार्यक्रमका बीच फलफूल तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
राजविराज जेसीजका अध्यक्ष मनोहर पोखरेलको अध्यक्षता तथा पूर्व अध्यक्ष गजराज तातेडको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याउ, सुन्तला, कपी, कलम लगायतका सामग्री वितरण भएको थियो ।
सामग्री वितरणसँगै आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी तातेडले बालगृहका बालकहरुलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।
मुल संयोजक मिलन सिंहको सञ्चालन एंव कार्यक्रम संयोजक पुनम पोखरेलद्वारा स्वागत गरिएको कार्यक्रममा बाल कल्याण गृहका नारायण अधिकारी, राजविराज जेसीजका कानुनी सल्लाहकार दीपेन्द्रकुमार दास, उपाध्यक्ष तुलानाथ माझीले बोल्नु भएको थियो ।
हाल बाल गृहमा २४ जना बालकहरुले आश्रय लिई पढिरहेका छन् । सो अवसरमा बालकहरुले गीत एवं नृत्य प्रस्तुत गरेका थिए ।
वि.स. १९९४ सालमा स्थापित हनुमान पाठशाला हनुमाननगरबाट २०२७ सालमा राजविराज स्थानान्तरण गरिएको यहाँको एक मात्र बालगृह राजविराजका धेरै ठाउँमा भाँडामा सर्दै–सर्दै हाल राजविराज–९ स्थित आफ्नै भवनमा सञ्चालित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ