News Category 2074/11/15

बाम सरकारमा चार मन्त्रिहरु थपिए

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, १४ फागुन । 
नवगठित बाम सरकारको मन्त्रिमण्डल सोमबार बिस्तार भएको छ । सो मन्त्रिमण्डलमा चार जना मन्त्रिहरु थपिएका छन् । 
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइएको हो ।
शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा हुनुहुन्छ । पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बनेका छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो ।
अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन् । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गवर्नरसमेत रहनुभएका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यस्तै, गृहमन्त्री बन्नुभएका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए ।
यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भएका थिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट