News Category 2070/08/30
पार्टीलाई असहयोग गरेको छैन् ः बिजय यादव
राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव बिजय यादवले आफूले निर्वाचनमा कुनै अन्तरघात नगरेको दाबी गर्नुभएको छ ।
शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूमाथि गलत आरोप लगाएर पार्टीले निष्काशन गरेको भन्दै आफूलाई समानुपातिक तर्फबाट सभासद् नबनाउने षडयन्त्र मात्र भएको आरोप समेत लगाउनुभयो ।
सचिव यादवले मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ का उम्मेदबार राष्ट्रिय उपाध्यक्ष शेखर सिंहलाई आफूले निःस्वार्थ भावनाले सहयोग गरेको जानकारी दिनुभयो । आफ्नो २३ वर्षको राजनीतिक जिवनमा विभिन्न प्रकारको लान्क्षणा लगाएर पार्टीका राष्ट्रिय अध्यक्ष सरत्सिंह भण्डारीले धमिलो पार्न प्रयास गरेको उहाँले आरोप लगाउनु भयो ।
यसअघि सचिव यादवलाई पार्टीको सोमवार राजधानीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संबिधानसभा निर्वाचनमा असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्यत समेतबाट निष्कासन गरेको थियो ।
संबिधानसभा निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तरघात गरेकाले यादवलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको सो पार्टीका राष्ट्रिय महासचिव रामेश्वर साहले जानकारी दिनुभयो ।
सप्तरीको डिमन गाविस निवासी यादव केही महिनाअघि तराई मधेश लोकतान्त्रिक पार्टीबाट अलग भएर राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रबेश गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
- 2081/01/12 हातहतियार राख्न इजाजत पत्र व्यक्ति वा संघसस्थालाई ३५ दिनभित्र अनिवार्य उपस्थित हुन आदेश
- 2081/01/12 लोहजरा दहमा पत्रकार महासंघको साधारण सभा हुने
- 2081/01/11 प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
- 2081/01/11 बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
- 2081/01/11 महिला हिंसा रोक्न सबै एकजुट हुनु पर्छ ः उपाध्यक्ष
- 2081/01/10 सप्तरीको परेमारामा भिषण आगलागि, १२ परिवारको २४ घर जल्यो
- 2081/01/10 जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ