News Category 2070/08/30
पार्टीलाई असहयोग गरेको छैन् ः बिजय यादव
राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव बिजय यादवले आफूले निर्वाचनमा कुनै अन्तरघात नगरेको दाबी गर्नुभएको छ ।
शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूमाथि गलत आरोप लगाएर पार्टीले निष्काशन गरेको भन्दै आफूलाई समानुपातिक तर्फबाट सभासद् नबनाउने षडयन्त्र मात्र भएको आरोप समेत लगाउनुभयो ।
सचिव यादवले मंसिर ४ गते सम्पन्न संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ का उम्मेदबार राष्ट्रिय उपाध्यक्ष शेखर सिंहलाई आफूले निःस्वार्थ भावनाले सहयोग गरेको जानकारी दिनुभयो । आफ्नो २३ वर्षको राजनीतिक जिवनमा विभिन्न प्रकारको लान्क्षणा लगाएर पार्टीका राष्ट्रिय अध्यक्ष सरत्सिंह भण्डारीले धमिलो पार्न प्रयास गरेको उहाँले आरोप लगाउनु भयो ।
यसअघि सचिव यादवलाई पार्टीको सोमवार राजधानीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले संबिधानसभा निर्वाचनमा असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्यत समेतबाट निष्कासन गरेको थियो ।
संबिधानसभा निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तरघात गरेकाले यादवलाई पार्टीको साधारण सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको सो पार्टीका राष्ट्रिय महासचिव रामेश्वर साहले जानकारी दिनुभयो ।
सप्तरीको डिमन गाविस निवासी यादव केही महिनाअघि तराई मधेश लोकतान्त्रिक पार्टीबाट अलग भएर राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रबेश गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ