News Category 2070/09/01
घा“स कार्यक्रम अन्तर्गत कृषकहरुलाई बिऊ बितरण गर्न शुरु
दैनिक संवाददाता
राजविराज, ३० मंसिर ।
राष्ट्रिय घाँस मिसन कार्यक्रम सप्तरीमा शुरु भएको छ ।
कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय सप्तरीले सप्तरीको घाँस उत्पादनका लागि बिऊ बितरण शुरु गरेको छ ।
जिल्लाको महुली, बदगामा, १ नम्बर योगिनियाँ, फतेपुर, कञ्चनपुर, त्रिकोल, लोहजार लगायतका गाविसका करिब ३० बिघा भन्दा बढी जग्गामा घाँस खेतीका लागि बिऊ लगाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिनुभयो ।
यसका साथै सामुदायिक पुशु प्रजनन कार्यक्रम सञ्चालन भएका जिल्लाको लालापट्टी, बरहीबिरपुर, छिन्नमस्ता, नर्घाे, पातो, सिस्वा बेल्ही, कडरबोना, बनौली, कल्याणपुर लगायतका गाविसका कृषकहरुलाई पनि घाँसको बिऊ बितरण गरेको प्रमुख यादवले बताउनुभयो ।
उहाँका अनुसार यो घाँसबाट पशुहरुलाई चाहिने अत्यधिक पोषण तत्व प्राप्त हुने र दुध उत्पादनमा बृद्धिका साथै मासुजन्य पदार्थको उत्पादनमा उल्लेखीय बृद्धि हुने र पशुमा देखिएको बढ्दो बाँझोपनको समस्या समेत समाधान हुने प्रमुख यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ