News Category 2070/09/02
सरसफाई र शिक्षा ध्यान दिन दलित समुदायस“ग सभासद् यादवको आग्रह
दैनिक संवाददाता
राजविराज, १ पुस ।
एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन डुम तथा मेहत्तर समुदायसँग आग्रह गर्नुभएको छ ।
राजविराज कारागारसँगै टाँसिएको डुम तथा मेहतर जातीको बस्तीमै पुगेर सभासद् यादवले यस्तो आग्रह गर्नुभएको छ ।
स्थानिबासीहरुसँगको अन्तरक्रियामा गर्नुहुँदै सभासद् यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन स्थानियहरुसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–‘‘ बजार तपाईहरुले सफा गर्नुहुन्छ, तर तपाईहरुको बस्ती नै फोहोर रहेकाले आफ्नो बस्तीको सरसफाईमा पनि ध्यान दिनुहोस् ।” सँुगुर पाल्नुस् तर व्यवस्थित र बैज्ञानिक ढंगबाट गर्नुस् त्यसका लागि मलाई के गर्नुपर्ला त्यो तपाईहरुले भन्नुस् म गर्न तयार छु, सभासद् यादवको भनाई थियो ।
शिक्षामा पहुँच हुन सकेमात्र समाजको विकास सम्भव हुने भएकाले आफ्नो बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउनुस् उहाँले भन्नुभयो–‘‘ सरसफाई र शिक्षामा ध्यान पु¥याउन सक्नु भयो भने समाजमा रहेको जातीय बिभेद अन्त्य हुँदै समाजिक रुपान्तरण हुनेछ ।”
स्थानिय मनोज कुमार मेहत्तरको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा सभासद् यादवले डुम तथा मेहत्तर जातीका बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत बितरण गर्नुभयो ।
सरसफाई र शिक्षाको क्षेत्रमा पछाडी परेका डुम र मेहत्तर जातीको बालबालिकाहरुमा पढ्ने बानीको बिकास होस् भन्ने उद्देश्यले आफुले सो बस्तीका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको सभासद् यादवले बताउनुभयो ।
सो क्रममा डुम र मेहतर जातीका अगुवाहरुले पहिलो पटक आफुहरुले आफ्नै बस्तीमा जनप्रतिनिधीलाई पाएपछि उत्साहित भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ