News Category 2070/09/03

प्रहरी परिवार महिला संघद्वारा कम्बल र औषधी वितरण

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २ पुस । 
चिसोबाट बच्न नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारले संयुक्त रुपमा सप्तरीको भारदह, बक्धुवा, हनुमाननगर गाविसका बिपन्न परिवारलाई कम्बल तथा औषधी बितरण गरेको छ । 
शितलहरवाट प्रभावित हुनसक्ने सप्तरीको भारदह गाविसमा १ सय २० थान   कम्बल, बकधुवा गाविसमा  ५० थान कम्बल, हनुमाननगर गाविसमा २ सय थान  कम्बल र ७० थान टोपी र रामपुर मल्हनियाँ गाविसमा ४० थान कम्बल र ३० थान टोपी बितरण गरेको जनाएको छ । 
शितलहरका कारण यस वर्ष अघिल्लो बर्षको तुलनामा मानवीय क्षति कम होस भन्ने उद्धेश्यले सो क्षेत्रका ५० जना स्थानियहरुलाई स्वास्थ्य परीक्षण समेत गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट