News Category 2070/09/04

विपन्न परिवारहरुलाई कम्बलसहित विभिन्न सामाग्री वित्तरण

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ३ पुस । 
नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारको संयुक्त प्रयासमाा सप्तरीको १० गाविसमा ५ सय १५ थान कम्बल बितरण गरिएको छ । 
सप्तरीमा सितलहरबाट प्रभावित हुनसक्ने विपन्न परिवारलाई मंगलबार कम्बल लगाएत अन्य समाग्री वितरण गएिको हो । 
हरेक वर्ष जिल्लामा चिसोका कारण अति विपन्न परिवार प्रभावित बन्ने गरेकाले यस वर्ष त्यसो नहोस् भन्ने उद्देश्यले नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारले उक्त कार्य गरेका हुन् ।
सप्तरीको कोचाबखारीमा कम्बल १० थान, टोपी १५ थान, सखडा डुम टोलमा   कम्बल २५ थान, टोपी २० थान, तौलिया १० थान र रेडिमेड कपडा १५ थान, मुसहर टोल सखडामा कम्बल ४० थान, रम्पुरामा कम्बल ५५ थान, मोहनपुरमा कम्बल १५, मुसहरबस्ती गोविन्दपुरमा कम्बल ५० र तौलिया १० थान, मुसहर बस्ती वडा नं. ४ र ५ सखडामा कम्बल ६० थान र तौलिया १० थान, १० गजा क्षेत्र गोविन्दपुरमा कम्बल २५ थान, को. वर्साइनमा कम्बल १९० थान र सिरक ५ थान तथा कजारीमा कम्बल ३५ थान बितरण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट