News Category 2075/01/18
किर्ते नागरिकता प्रकरणमा नगरपालिका कर्मचारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
सुनसरीको दुहवीमा बस्दै आएका सतिश अग्रवालले राजविराज नगरपालिका ७ बाट किर्ते नगरिकता लिएको प्रकरणमा राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव पक्राउ परेका छन् ।
बि.सं. २०५२ सालमा नागरिकता लिएको भन्दै सोको प्रतिलिपि २०६४ र २०७३ निकालेका अग्रवालको सक्कल नागरिकताको रेकर्ड नै फेला नपरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । सो अनुसन्धानका क्रममा उक्त प्रतिलिपि नागरिकताको सिफारिसमा सवइन्जिनियर देवको हस्ताक्षर भेटिएकोले उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आइतबार पक्राउ परेका सवइञ्जिनियर देवलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिएका छन् । सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालय सप्तरीका केही कर्मचारी समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।
यस्तै नगरपालिकाका प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले भने अग्रवालको नागरिकता प्रतिलिपिका लागि सिफारिस दिएको रेकर्ड नै कार्यालयमा नरहेको जानकारी दिएका छन् । प्रहरीले नागरिकताको विषयमा जानकारी मागेपछि रेकर्ड जाँच गर्दा फेला नपरेको उनले बताए ।
यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले कीर्ते नागरिकता प्रकरणमा प्रशासन कार्यालयसमेतका कर्मचारी अनुसन्धानको दायरामा पर्नु स्वाभाविक भएको भन्दै कर्मचारी बिदामा गएको र बिदा सकिएपछि कार्यालयमा हाजिर हुने उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ