News Category 2075/01/18

किर्ते नागरिकता प्रकरणमा नगरपालिका कर्मचारी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ वैशाख ।
सुनसरीको दुहवीमा बस्दै आएका सतिश अग्रवालले राजविराज नगरपालिका ७ बाट किर्ते नगरिकता लिएको प्रकरणमा राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव पक्राउ परेका छन् । 
बि.सं. २०५२ सालमा नागरिकता लिएको भन्दै सोको प्रतिलिपि २०६४ र २०७३ निकालेका अग्रवालको सक्कल नागरिकताको रेकर्ड नै फेला नपरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । सो अनुसन्धानका क्रममा उक्त प्रतिलिपि नागरिकताको सिफारिसमा सवइन्जिनियर देवको हस्ताक्षर भेटिएकोले उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आइतबार पक्राउ परेका सवइञ्जिनियर देवलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिएका छन् । सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालय सप्तरीका केही कर्मचारी समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।
यस्तै नगरपालिकाका प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले भने अग्रवालको नागरिकता प्रतिलिपिका लागि सिफारिस दिएको रेकर्ड नै कार्यालयमा नरहेको जानकारी दिएका छन् । प्रहरीले नागरिकताको विषयमा जानकारी मागेपछि रेकर्ड जाँच गर्दा फेला नपरेको उनले बताए ।
यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले कीर्ते नागरिकता प्रकरणमा प्रशासन कार्यालयसमेतका कर्मचारी अनुसन्धानको दायरामा पर्नु स्वाभाविक भएको भन्दै कर्मचारी बिदामा गएको र बिदा सकिएपछि कार्यालयमा हाजिर हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट