News Category 2075/01/19

किर्ते नागरिकता प्रकरणमा पक्राउ परेकाहरुलाई आज अदालतमा उपस्थित गराइदै

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
किर्ते नागरिकता लिने भारतीय नागरिक र सो नागरिकतामा सिफारिस गर्ने पक्राउ परेका राजविराज नगरपालिका कर्मचारीलाई बुधबार सप्तरी प्रहरीले अदालतमा उपस्थिति गराउँदै छ ।
पक्राउ परेका भारतको हरियाणा राज्य हिसार जिल्ला घर भई हाल व्यापार व्यवसायको सिलसिलामा सुनसरीको दुहवी नगरपालिका बस्दै आएका सतिश अग्रवाल र राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देवलाई प्रहरीले अदालतमा उपस्थित गराउँदै छ ।
यसअघि भारतीय नागरिक अग्रवाललाई सप्तरीबाट किर्ते नागरिकता प्राप्त गरेको उजुरीको आधारमा छानबीन पश्चात् र देवलाई सो किर्ते नागरिकतामा सिफारिस गरेको आधारमा पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेश सिंहले बताएका छन् । यता सोही किर्ते नागरिकता प्रकरणमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको मिलोमतो भए नभएको बारे समेत अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए । 
यस्तै प्रहरी उपरिक्षक सिंहले अनुसन्धानकै क्रममा अग्रवालले दुहबीस्थित एक विद्यालयमा आफ्नो छोराछोरीको भर्ना गराउँदा परिचयमा भारतकै ठेगाना उल्लेख समेत गरेको खुलेको बताए । 
प्रहरी उपरिक्षक सिंहका अनुसार अग्रवालले बिस २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लिएको नागरिकता हराएको भन्दै २०६४ सालमा नागरिकताको प्रतिलिपि लिएको र २०७३ सालमा पुनः नागरिकताको प्रतिलिपि लिएका थिए । 
जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्चार्ज रमेश बस्नेतका अनुसार अग्रवालले बिस २०७३ सालमा प्रतिलिपिका लागि गरेको आवेदनमा तत्कालिन वडा सचिवको जिम्मेवारी पाएका राजविराज नगरपालिकालिका सवइन्जिनियर देवले सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा अग्रवालले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका थिए । तर, उजुरी परेपछि खोजतलास गर्दै जाँदा अग्रवालले २०५२ सालमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता प्राप्त गरेको कुनै अभिलेख फेला नपरेपछि छानबिन गर्दै जाँदा दुबैलाई पक्राउ गरिएको यनले बताए । 
किर्ते नागरिकता सिफारिस गर्नेको हकमा ६ महिनादेखी ३ वर्षसम्म कैद वा २५ हजारदेखी ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ भने किर्ते गरि नागरिकता लिनेको हकमा एक वर्षदेखी ५ वर्षसम्म कैद वा २० हजारदेखी १ लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट