News Category 2075/01/25

दुर्घटनामा गम्भिर घाइते भएका झालाई झाडीमा फ्याक्ने दुई पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।
मोटरसाइकलले ठक्कर दिएपछि गम्भिर घाइते भएका व्यक्तिलाई अस्पताल नपु¥याई उल्टै झाडीमा फ्यालेर फरार भएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ घर भई हाल राजविराज ८ मा बसोबास गर्दै आएका नवकान्त झालाई गम्भीर घाईते अवस्थामा जिउँदै झारीमा प्mयालेर फरार व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 
पक्राउ पर्नेमा मोटरसाईकल चालक सप्तरीको बेल्ही चपेना गाउँपालिकाका २८ बर्षिय महानन्द यादव र पछिल्लो सिटमा सवार डाक्नेश्वरी नगरपालिकाका १९ बर्षिय जय प्रकाश यादव रहेका छन् । 
शिक्षण पेशामा संलग्न ५५ बर्षिय झा गत शुक्रबार राती ८ बजे तिर साईकल चढेर बजारबाट घर तर्फ जाँदै गर्दा पछाडीबाट तिब्र गतिमा आउँदै गरेको ज १ प ४२२४ नं. को मोटरसाईकलले राजविराजस्थित क्याम्पस रोडमा ठक्कर दिई गम्भीर घाईते बनाएको प्रहरीले जानकारी दिएको छ ।  
रातिको समय र एकान्त स्थल भएकाले ठक्कर दिने मोटरसाईकलका चालक महानन्द र पछिल्लो सिटमा सवार उनका साथी जय प्रकाशले घटना लुकाउन गम्भीर घाईते र रक्तयामय अवस्थामा रहेका झालाई मोटरसाईकलमा राखेर डेढ किलोमिटर टाढा छिन्नमस्ता सडक खण्डको एकान्त स्थलमा रहेको झारीमा प्mयाकेका थिए । उक्त सडक खण्डबाट घर तर्फ जाँदै गरेकी एक महिलाले झारीबाट आवाज सुनेपछि अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए र प्रहरीले गम्भीर अवस्थामा रहेका झाको उद्घार गरी उपचारका लागी विराटनगर पु¥याएको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।
सो घटना र घाइतेको उद्दार पश्चात् प्रहरीले सुरु गरेको अनुसन्धानका क्रममा घटनास्थलबाट शौचालयमा प्रयोग गरिने नयाँ प्यान फुटेको र सो को बिल फेला पारेपछि सोही विलको आधारमा प्रहरी अपराधी पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक सिंहको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट