News Category 2075/01/26

तिर्थयात्री बोकेको गाडी पल्टिदा एक बालकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीको छिन्नमस्ता भगवति मन्दिरबाट दर्शन गरेर फर्कदै गरेको ट्याक्टर जिल्लाको भारदह सडकखण्डमा पल्टिदा एक बालकको मृत्यु भएको छ भने सोही दुर्घटनामा १७ जना तिथर्ययात्री घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार राती छिन्नमस्ता भगवतिको दर्शन पश्चात् तिर्थयात्रुलाई बोकेर फर्किदै गरेको को१त ७९७१ नं.को ट्याक्टर सप्तरीको भारदह सडकखण्डमा अचानक अनियन्त्रित भई पल्टिदा सो दुर्घटना भएको हो । 
दुर्घटनामा परी सुनसरीको इनरुवा नगरपालिका ९ बस्ने ८ वर्षिय बालक अभिनाष शर्माको घटनास्थलमै मृत्यु भएको छ । 
यता दुर्घटनामा सोही नगरपालिकाका १७ जना तिर्थयात्रु घाइते भएका छन् । घाइतेहरुको स्थानिय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट