News Category 2075/01/27

सशस्त्र प्रहरीले अपराधी शैलीमा रकम खोसेको आरोप

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
घरायसी र व्जयवसायीक प्रयोजनका लागि बोकेको रकम प्रहरीले अपराधी शैलीमा खोसेको लगेको एक पीडितले आरोप लगाएका छन् । 
बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ कोचाबखारी बस्ने दुर्गानन्द महतोले सो आरोप लगाएका हुन् । महतोका अनुसार गत बैशख १४ गते उनी आफ्नो स.६.प.७५२८ नं.को मोटरसाइकल चढेर कुनौली भन्सार कार्यालमा लिलामी साकार कार्यमा सहभागि हुन गएका थिए । सोही प्रयोजनका लागि उनले आफुसँग नेपाली १० लाख रुँपैया बोकेका थिए । लिलामी प्रक्रियामा ढिलाई र घरमा पुजापाठको कार्यक्रम रहेकाले उनी फर्किएका थिए । 
तर, बाटोमा खाँडो खोला नजिकै चेकजाचको क्रममा सशस्त्र प्रहरीका सई नारायण प्रसाद विकले सो रकम अबैध भएको भन्दै धाकधम्की देखाउँदै खोसी लगेको महतोले गुनासो पोखेका छन् । उनले सई बिकले रकम दिन आलटाल गरिरहेको गुनासो गर्दै उक्त रकम फिर्ता गराउन सरोकारवालाहरुलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट