News Category 2075/02/16

राजविराज कारागारबाट १४ कैदीबन्दी रिहा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारमा बन्दी जिवन बिताइरहेको १४ जना कैदीबन्दीहरु रिहा भएका छन् । 
४० प्रतिशत कैद भुक्तान गरि रिहा भएका ती १४ जना कैदी बन्दीहरु मध्ये दुई जना महिला, एक भारतीय र सात जना सप्तरीका रहेका छन् । 
रिहा भएकाहरुमा महोत्तरीका रामदेव यादव, इलामका पम्फा राई, धरमपुर सप्तरीका सुनिल सदा, रुपन्देहीका कृष्णमान जोशी, सुनसरीका बिनायम मानन्धर, भारतका अमर राय, सिरहाका अन्तीलाल चौधरी, छिन्नमस्ता सप्तरीका पुरन कुमार मण्डल, बभनगामाकट्टीका संजयकुमार सिंह, पकरी सप्तरीका बिन्दु यादव, मोरङका ईसराइल मियाँ, सकरपुरा सप्तरीका जिवछी देवी खंग मण्डल, ठेलिया सप्तरीका मोतीलाल राउत र सोही स्थान निवासी सोतीलाल राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८ सय १६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफ गरेका छन् । 
मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट