News Category 2070/09/09

जातीय छुवाछुत र भेदभाव बिरुद्ध पैरवी रणनीति तयार

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ८ पुस । 
जातीय छुवाछुत र भेदभाव बिरुद्ध आवाज उठाउँदै आएका दलित समुदायका युवाहरुले सोमवार राजविराजमा पैरबी सम्बन्धित रणनीति बनाएका छन् ।
दलित नेटवर्क सप्तरी, छुवाछुत निगरानी केन्द्र र दलित जनकल्याण युवा कल्ब लहान सिरहाको संयुक्त रुपमा आयोजनामा राजविराजमा आयोजित पैरबी रणनीति तयारी गोष्ठीका सहभागि युवाहरुले पैरबी रणनीति तयार गरेका हुन् । 
कार्यक्रममा सहभागि दलित युवाहरुले जिल्लामा हुने जातीय छुवाछुत र भेदभाव बिरुद्ध जनचेतना जगाउने, भेदभाव अन्त्यका लागि अभियान सञ्चालन गर्ने र पिडीतलाई न्याय दिलाउन सामुहिक पहल पैरबी गर्ने रणनिती बनाएका छन् ।
कार्यक्रममा बोल्नुहुँदै दलित अगुवा तथा पुर्व सांसद असर्फी सदाले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि ऐन कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दाँ छुवाछुत हट्न नसकेको बताउनुभयो । 
उहाँले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि दलित समुदायका युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले अबको संबिधानमा दलितको बिशेषाधिकारका लागि संघर्ष गर्नुपर्ने ओल्याउनुभयो । 
सो अवसरमा अर्का दलित अगुवा तथा दलित जनकल्याण युवा कल्ब लहान सिरहाका कार्यकारी निर्देशक बिनोद कुमार बिसुन्खेले जातीय भेदभाव र छुवाछुत केबल दलितको मात्र समस्या बुझ्ने मानसिकता गलत भएको बताउनुहुँदै दलित र गैर दलित समुदायले मिलेर अघि बढ्न सके जातीय भेदभाव र छुवाछुत अन्त्यमा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । 
कार्यक्रम दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, दलित युवा राजेश रिसाल, बच्चेलाल सरदार, दलित जनकल्याण युवा कल्ब लहानका कार्यक्रम संयोजक रामअवतार साह लगायतले बोल्नुभयो । सो कार्यक्रममा सप्तरीका करिब ३० जना दलित समुदायका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट