News Category 2070/09/09
जातीय छुवाछुत र भेदभाव बिरुद्ध पैरवी रणनीति तयार
दैनिक संवाददाता
राजविराज, ८ पुस ।
जातीय छुवाछुत र भेदभाव बिरुद्ध आवाज उठाउँदै आएका दलित समुदायका युवाहरुले सोमवार राजविराजमा पैरबी सम्बन्धित रणनीति बनाएका छन् ।
दलित नेटवर्क सप्तरी, छुवाछुत निगरानी केन्द्र र दलित जनकल्याण युवा कल्ब लहान सिरहाको संयुक्त रुपमा आयोजनामा राजविराजमा आयोजित पैरबी रणनीति तयारी गोष्ठीका सहभागि युवाहरुले पैरबी रणनीति तयार गरेका हुन् ।
कार्यक्रममा सहभागि दलित युवाहरुले जिल्लामा हुने जातीय छुवाछुत र भेदभाव बिरुद्ध जनचेतना जगाउने, भेदभाव अन्त्यका लागि अभियान सञ्चालन गर्ने र पिडीतलाई न्याय दिलाउन सामुहिक पहल पैरबी गर्ने रणनिती बनाएका छन् ।
कार्यक्रममा बोल्नुहुँदै दलित अगुवा तथा पुर्व सांसद असर्फी सदाले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि ऐन कानुनहरु भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दाँ छुवाछुत हट्न नसकेको बताउनुभयो ।
उहाँले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि दलित समुदायका युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले अबको संबिधानमा दलितको बिशेषाधिकारका लागि संघर्ष गर्नुपर्ने ओल्याउनुभयो ।
सो अवसरमा अर्का दलित अगुवा तथा दलित जनकल्याण युवा कल्ब लहान सिरहाका कार्यकारी निर्देशक बिनोद कुमार बिसुन्खेले जातीय भेदभाव र छुवाछुत केबल दलितको मात्र समस्या बुझ्ने मानसिकता गलत भएको बताउनुहुँदै दलित र गैर दलित समुदायले मिलेर अघि बढ्न सके जातीय भेदभाव र छुवाछुत अन्त्यमा सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम दलित नेटवर्क सप्तरीका अध्यक्ष युक्तिलाल मरिक, दलित युवा राजेश रिसाल, बच्चेलाल सरदार, दलित जनकल्याण युवा कल्ब लहानका कार्यक्रम संयोजक रामअवतार साह लगायतले बोल्नुभयो । सो कार्यक्रममा सप्तरीका करिब ३० जना दलित समुदायका युवाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/01/09 भन्सार नीति बिरुद्ध धर्ना
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ